टी २० सिरिजको उपाधि भिडन्त: नेपाल टस जितेर बलिङमा

काठमाडौं: हङकङमा जारी चारदेशीय टी २० सिरिजको उपाधिका लागि नेपाल र कुवेत भिड्दैछन्।

हङकङको मङ कोकस्थित मिसन रोड ग्राउन्डमा नेपालले टस जितेर बलिङ गर्दैछ ।

हङकङ, कुवेत, कतार र नेपाल सम्मिलित सिरिजमा नेपाल अपराजित रहँदै फाइनल पुगेको थियो।

लिग चरणमा नेपालले कतारलाई ८ विकेटले र कुवेतलाई ६ विकेटले पराजित गरेको थियो।

शनिबार हङकङविरूद्धको खेल भने वर्षाका कारण रद्द भएपछि नेपाल शीर्षस्थानमा हुँदै फाइनल पुगेको थियो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!