काठमाडौं : आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोट आजदेखि काठमाडौंकाे मुलपानीमा हुँदैछ ।
घरेलु टोली नेपालले आज पहिलो खेलमा तल्लाे मुलपानी मैदानमा युएईसँग प्रतिस्पर्धा गर्दैछ।
खेल बिहान साढे ९ बजे सुरू हुनेछ।
माथिल्लो र तल्लो मूलपानी क्रिकेट मैदानमा हुने प्रतियोगितामा घरेलु टाेली नेपालसहित ५ टाेली सहभागी छन्।
नेपाली टाेलीकाे कप्तानी सम्हालेका नरेन भट्टले
नेपालको टोली सन्तुलित रहेको बताउँदै विश्वकपमा छनाेट हुने लक्ष्य रहेकाे बताउनुभयाे।
वैशाख ६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालसहित युएई, ओमान, अफगानिस्तान र हङकङका रहेका छन् ।
यो छनोटको प्रतियोगिताकाे विजेता टाेली सन् २०२६ मा जिम्बावे र नामिबियामा हुने आइसिसी यू-१९ विश्वकपमा छनोट हुनेछ।
