बजेट सार्वजनिक: सुदूरपश्चिमका कुन-कुन याेजना समेटिए ?

बैतडी : सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ काे बजेट सार्वजनिक गरेकाे छ।

मंगलबार संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्षको लागि
१८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट अनुमान सार्वजनिक गर्नुभएको हाे।

सार्वजनिक बजेटमा सुदूरपश्चिमका पनि विभिन्न याेजना समेटिएका छन्। सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने भएकाे छ।

सरकारले प्रदेशलाई विशिष्टिकृत आर्थिक केन्द्रको रुपमा विकास गर्ने याेजनाअनुसार सुदूरपश्चिम प्रदेशलाई धार्मिक पर्यटन आर्थिक हब बनाइने भएकाे हाे।

यस अनुसार कोशीलाई उद्योग, मधेशलाई कृषि,
वागमतीलाई सुचना प्रविधि, गण्डकीलाई पर्यटन, लुम्बिनीलाई साना तथा मझौला उद्यम, कर्णालीलाई जडिबुटी हब बनाइनेछ।

धनगढीको शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालयका रुपमा सञ्चालन गरिने अर्थमन्त्री पुनले बताउनुभयो । विश्वविद्यालय गाभिने विषयमा अध्ययन गरिने बजेटमा उल्लेख गरिएको छ।

यस्तै कञ्चनपुर सडकखण्ड चार लेनमा आगामी वर्ष सम्ममा पूरा हुने, सेती करिडोर ,डडेल्धुरा अस्पताललाई पाँच सय शय्यामा स्तरोन्नति गरिने,डोटीको सिलगढीलाई सांस्कृतिक सहरका रूपमा विकास गरिने पनि सार्वजनिक बजेटमा उल्लेख भएको छ।

यसका साथै बजेटमा राष्ट्रिय गौरवको आयोजना रानी–जमरा कुलिया सिँचाई र महाकाली सिँचाई आयोजना तेस्रो चरणका लागि चार अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ।

कैलालीको १४ हजार हेक्टर खेतीयोग्य जमिनमा सिँचाई सुविधा विस्तार गर्न रानी–जमरा–कुलरिया सिँचाई आयोजनाका लागि दुई अर्ब ८७ करोड बजेट विनियोजन गरिएको छ।

त्यस्तै कञ्चनपुरमा राष्ट्रिय गौरवको आयोजना महाकाली सिँचाई तेस्रो चरणका लागि दुई खर्ब बजेट विनियोजन गरिएको छ।

अर्थमन्त्री पुनले धनगढी विमानस्थलको स्तरोन्नती गरिने पनि बताउनुभयो ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!