गुजरात लखनउसँग पराजित,दिल्ली शिर्ष स्थानमा उक्लियाे

 काठमाडौं: लगातार तेस्रो जित निकाल्दै लखनउ सुपर जायन्ट्सले  इन्डियन प्रिमियर लिग (आइपिएल)मा तेस्रो स्थानमा उक्लिएको छ।

शनिबार सम्पन्न खेलमा लखनउले शीर्ष स्थानको  गुजरात जायन्ट्समाथि ६ विकेटको सहज जित हात पारेको हो। जितसँगै लखनउले ६ खेलबाट आठ अंक पुर्‍याएको छ।

समान आठ अंक भए पनि गुजरात र दिल्ली क्यापिटल्ससँग नेटरनरेटमा लखनउ पछि परेको छ। लखनउ भने यो हारसँगै दोस्रो स्थानमा झरेको छ।
दिल्ली शिर्षस्थानमा उक्लियाे

गुजरातले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको लखनउले तीन बल बाँकी रहँदै चार विकेट गुमाएर १८६ रन बनायो। 

लखनउलाई जित दिलाउन निकोलस पूरनले सर्वाधिक ६१ रन बनाए। ३४ बल खेलेका उनले एक चौका र सात छक्का प्रहार गरे।

ओपनर एडन मार्क्रराम ३१ बलमा नौ चौका र एक छक्कासहित ५८ रनमा आउट भए। कप्तान ऋषभ पन्त २१ रनमा आउट हुँदा आयुष बडोनी २८ रनमा अविजित रहे।

गुजरातका प्रशिद्ध कृष्णले सर्वाधिक दुई विकेट लिए। राशिद खान र वासिङ्टन सुन्दरको नाममा समान एक विकेट रह्यो। 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!