नेपाल फाइनलमा प्रवेश,उपाधिका लागि कुवेतसँग भिड्ने

काठमाडौँं: नेपाली टाेली हङकङमा जारी चार देशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा पुगेकाे छ।

आज भइरहेकाे लिग चरणको अन्तिम खेलमा नेपाल र आयोजक हङकङबीचको खेल वर्षाले रद्द भएकाे थियाे । 

हङकङको मोङककमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ रोजेकामा टस हारेर ब्याटिङ गरेको हङकङले ९ ओभर खेल्दा ३ विकेट गुमाएर ६८ रन बनाएकाे थियाे । 

नेपालका लागि ललित राजवंशीले २ तथा नन्दन यादवले १ विकेट लिए । 
सो क्रममै वर्षाले भएकाे र त्यसपछि खेल हुन नसकेपछि दुबै टाेलीले अंक बाँडेका हुन्।

अंक बाँडेपछि नेपाल हङकङभन्दा अंकतालिकामा अगाडि रहेकाेले फाइनलमा सुरक्षित भएको हाे।

यसअघि नेपालले लगातार दुई निकालेकाे थियोे ।

उपाधिका लागि नेपाल र कुवेतले आइतबार खेल्नेछन् ।   कुवेत यसअघि नै फाइनलमा पुगेको थियाे।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!