चट्याङ लागेर सुदूरपश्चिममा दुई जनाकाे मृत्यु,सात घाइते

धनगढी: चट्याङ लागेर सुदूरपश्चिममा दुईजनाको मृत्युु भएको छ।
डोटीमा चट्याङ लागेर एक जनाको मृत्युु भएको छ । अन्य सात जना घाइते भएका छन् । बुधबार राति जिल्लाको सायल गाउँपालिका-६ दल्लेखस्थित लहरी नागरीको घरमा चट्याङ परेको थियो ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी उपरीक्षक विनोद शर्माका अनुसार नागरीकी ३३ वर्षीया श्रीमती कमला नागरीको मृत्यु भएको हो ।

यस्तै लहरी नागरीकी १० वर्षकी छोरी तारा नागरी, ८ वर्षका छोरा अविशेक नागरी, ६ वर्षीय अबि नागरी, ३ महिनाका शंकर नागरी, ४० वर्षीया महिला तारा नागरी, ८० वर्षीया काली दमाई र ६ वर्षीय बालक खुशी नागरी घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल डोटी ल्याउन लागिएको एसपी शर्माले बताउनुभयाे ।

उता बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । बुधबार साँझ वित्थडचिर गाउँपालिका-३ मा पानीसँगै आएको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिनुभयाे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!