राष्ट्रपति पाैडेल गणतन्त्र दिवसकाे विशेष समारोहमा सरिक

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेल गणतन्त्र दिवस २०८१ का अवसरमा सैनिक मञ्च टुडिखेलमा मङगलबार आयोजित विशेष समारोहमा सरिक हुनुभयो ।

सो अवसरमा नेपाली सेनाले सलामी अर्पण गरेको थियो।
गणतन्त्र दिवस २०८१ मूल समारोह समितिद्वारा आयोजित सो समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री एवम् मूल समारोह समितिका अध्यक्ष पुष्पकमल दाहाल, प्रधानन्यायाधीश, सभामुख, राष्ट्रिय सभाका अध्यक्षलगायत संवैधानिक निकायका प्रमुख, मन्त्रीसहित उच्च सरकारी अधिकारी, लब्धप्रतिष्ठत महानुभावहरूको सहभागिता थियो ।

सो अवसरमा नेपाली सेना, नेपाल प्रहरी तथा सशस्त्र प्रहरी तथा उपत्यकाका महानगर एवं नगरपालिकाहरूले विभिन्न सांस्कृतिक झाँकी र नृत्य प्रस्तुत गरेको थिए ।
कार्यक्रममा प्रधानमन्त्री दाहालले सम्वोधन गर्नुभएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!