शिक्षकको आन्दोलनमा कांग्रेस बैतडीको समर्थन

बैतडी: नेपाली कांग्रेस बैतडीले शिक्षकको आन्दोलनमा समर्थन जनाएको छ । देशभरीका शिक्षक हाल काठमाडौंमा आन्दोलनमा रहेका छन् ।

नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले आज एक विज्ञप्ती जारी गर्दै नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलन प्रति नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडीको पूर्ण ऐक्यबद्धता रहेको बताउनुभएको छ ।

विज्ञप्तीमा भनिएको छ,‘ नेपाल शिक्षक महासंघले जारी राखेको आन्दोलन प्रति नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडी पूर्ण ऐक्यबद्धता जनाउदै शिक्षक तथा विद्यालय कर्मचारीहरु संग विगतमा भएमा सहमती कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गर्दछौं । शिक्षा क्षेत्रको उन्नती लोकतन्त्रको आधार हो,यस प्रति नेपाली कांग्रेस जिल्ला कार्य समिति बैतडी प्रतिबद्ध रहदै शिक्षक महासंघले उठाएका जायज मागहरूलाई बार्ता मार्फत तत्काल समाधान दिन नेपाल सरकार संग हार्दिक अपिल गर्दछ ।’

यसका साथै नेपाल शिक्षक महासंघले उठाएका शिक्षा क्षेत्रका विभिन्न मागहरूका साथै बिगतमा नेपाल सरकार संग भएका विभिन्न सम्झौता कार्यान्वयनका लागी गरेको आन्दोलन, विगतमा गरेका सम्झौता कार्यान्वयन, र महासंघले उठाएका जायज मागहरूलाई वार्ता तथा सम्बादबाट समाधान गर्न समेत कांग्रेस बैतडीले नेपाल सरकारसंग माग गरेको छ ।

विद्यालय शिक्षा ऐन जारी गर्न ढिलाइ भएको भन्दै देशभरका शिक्षकहरूले काठमाडौंमा एकहप्तादेखि अनिश्चितकालिन आन्दोलनमा रहेका छन् ।

शिक्षा ऐनमा यसअघि शिक्षकहरूसँग भएका सहमतिका बुँदाहरूलाई समावेश गर्नुपर्ने आन्दोलनरत शिक्षक कर्मचारीहरूको माग छ ।

junchadi
Cricket
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!