मुम्बईकाे चाैथाे हार,बैंग्लोरसंग पराजित

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) मा रोयल्स च्यालेन्जर्स बैंग्लोरले मुम्बई इन्डियन्सलाई १२ रनले हराएकाे छ।

बैंग्लोरले दिएकाे २२२ रनकाे लक्ष्य मुम्बईले पार गर्न सकेन।
मुम्बईकाे याे चाैथाे हार हाे। मुम्बईका तिलक बर्माले ५६ र कप्तान हार्दिक पान्ड्याले ४२ रन बनाएपनि टाेलीलाई जिताउन सकेनन् ।

बैंग्लोरका कुर्नाल पाण्ड्याले ४ विकेट लिए।

यसअघि वानखडे स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बैंग्लोरले २० ओभरमा पाँच विकेट गुमाउँदै २२१ रन बनाएको हो।

बैंग्लोरका विराट कोहलीले सर्वाधिक ६७ रन बनाए। ४२ बल खेलेका उनले आठ चौका र दुई छक्का प्रहार गरे। जारी प्रतियोगितामा उनले बनाएको यो नै सर्वाधिक रन हो। यसअघि उनले कोलकाता नाइट राइडर्सविरुद्ध अविजित ५९ रनको इनिङ्स खेलेका थिए।

कप्तान रजत पाटिदारले ३२ बलमा पाँच चौका र चार छक्कासहित ६४ रन बनाए। देवत्त पडिक्कर ३७ रनमा आउट हुँदा जीतेश शर्मा ४० रनमा अविजित रहे। 

मुम्बईका ट्रेन्ट बोल्ड र कपतान हार्दिक पाण्ड्याले समान दुई विकेट लिए। 
पाँचपल्टको आइपिएल विजेता मुम्बईलाई पराजित गरेको बैंग्लोरले चार खेलबाट ६ अंक बटुलेको छ।

बैंग्लोर तेस्रो स्थानमा यथावत छ। समान खेलबाट दुई अंक जोडेको मुम्बई आठौं स्थानमा छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!