अफगानिस्तानसंग नेपालकाे १ रनकाे नमिठाे हार

काठमाडौं : घरेलु टोली नेपालमाथि रोमाञ्चक जित निकाल्दै अफगानिस्तान यु–१९ टोलीले एक खेलअगाबै एकदिवसीय शृंखला जितेको छ।

आइतबार सम्पन्न खेलमा नेपाल एक रनले पराजित भएको हो। योसँगै नेपालले शृंखला २–० ले गुमाएको छ। अब नेपालले पाहुना टोलीसँग अन्तिम एक खेल खेल्नेछ।

पहिलो खेलमा नेपालले १३० रनको फराकिलो हार बेहोरेको थियो। आइतबार अफगानिस्तानले नेपालसामु १७९ रनको लक्ष्य प्रस्तुत गरेको थियो। तर, नेपालले ४९.९ ओभरमा सबै विकेट गुमाउँदै १६७ रन मात्रै बनाउन सकेको हो।

नेपाललाई अन्तिम तीन बलमा दुई रन चाहिएको थियो। मोहबुब खानले आफ्नो ओभरको तेस्रो बल नो फ्याँकेका थिए। तर, दर्श सुनार रन आउट हुन पुग्दा नेपालले फ्रि हिटसहित शृंखला नै गुमाउन पुग्यो।

यसअघि माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तान यू-१९ ले ५० ओभरमा अलआउट हुँदै १६८ रन बनाएर नेपाललाई १६९ रनको लक्ष्य दियाे।
उसका लागि कप्तान महबुब खानले सर्वाधिक ५८ रन बनाए। रुहुल्लाह अरबले २७ रन बनाए। ओपनर खालिद अहमदजाइ १९ रनमा आउट भए।

नेपालका १० ओभरमा २३ रन दिएर ३ विकेट लिए। सिब्रिन श्रेष्ठ र बिपिन प्रसाद शर्माले २-२ तथा अभिषेक तिवारी र अपराजित पौडेलले १-१ विकेट लिए।

अफगानिस्तानले निरन्तर विकेट गुमाइरहँदा कप्तान महबुबले संयमित पारी खेल्दै टोलीको इनिङ सम्हालेका थिए।

पहिलो अभ्यास खेलमा पनि नेपाल अफगानिस्तानसँग १३० रनले पराजित भएको थियो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!