काठमाडौं: मुम्बई इन्डियन्सका तीव्र गतिका बलर जसप्रीत बुमराह टोलीमा फर्किएका छन् ।
चोटका कराण उनले इन्डियन प्रिमियर लिग (आइपिएल) का सुरुआती चार खेल गुमाएका थिए ।
मुम्बईले सामाजिक सञ्जालमार्फत बुमराह फर्किएको जानकारी दियाे। अस्ट्रेलियाविरुद्ध टेस्ट शृंखलाको दोस्रो खेलयता जसप्रीत मैदानबाट बाहिर छन्। उनको ढाडमा चोट लागेको थियो।
यही चोटका कारण बुमराहले आइसिसी च्याम्पियन्स ट्रफी खेल्न सकेका थिएनन् ।
मुम्बईले आइपिएलका चार खेलमा एकमात्र जित निकालेको छ । हाल मुम्बई दुई अंकका साथ आठौं स्थानमा छ।
