पन्जाबकाे अपराजित यात्रामा ब्रेक,राजस्थानसंग स्तब्ध

काठमाडौं: इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दुई खेल जितेपछि तेस्रो खेलमा पन्जाब किंग्सलाई ब्रेक लागेको छ।

आज सम्पन्न खेलमा राजस्थान रोयल्सले पन्जाबलाई हरायाे। जितका लागि २०६ रनकाे लक्ष्य पछ्याएकाे पन्जाबले २० ओभरमा ९ विकेटकाे क्षतिमा १५५ रन मात्रै बनाउन सक्याे।
उसका नेहल वडेराले अर्धशतक हिर्काउदै ६२ रन जाेडेपनि टाेलीलाई जिताउन सकेनन् ।
बलिङमा राजस्थानका जाेफ्रा आर्चरले ३ विकेट झारे।

यसअघि महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै २०५ रन जोड्यो।

ओपनर यशस्वी जैसवाल र कप्तान सञ्जु सामसनले पहिलो विकेटको लागि ८९ रनको साझेदारी गरे। पहिलो पावर प्लेमा राजस्थानले ५३ रन बनाएको थियो। पन्जाबले १०.२ ओमा पहिलो विकेट लियो। लोकी फर्गसनले ३८ रन बनाएका सञ्जुलाई आउट गरे।

यशस्वी भने ४० बल खेल्दै २ चौका र ३ छक्का प्रहार गर्दै अर्धशतक बनाए। उनको यो सिजनको पहिलो अर्धशतक हो। ६७ रन जोडेर उनी पनि फर्गसनकै बलमा आउट भए। उनले ४५ बल खेल्दै ३ चौका र ५ छक्का प्रहार गरे।

त्यसपछि नितिश राना १२ रनना र सिम्रन हेटमेर २० रनमा आउट भए। तेस्रो क्रमका ब्याटर रियान परागले विष्फोटक ब्याटिङ गरे। उनले २५ बल खेल्दै ३ चौका र ३ छक्काको मद्दतमा अविजित ४३ रनको पारी खेले। ध्रुव जुरेलले मात्र ५ बल खेल्दै १ चौका र१ छक्काको मद्दतमा अविजित १३ रन बनाए।

बलिङमा लोकी फर्गसनले ४ ओभर बलिङ गर्दै ३७ रन दिएर २ विकेट लिए। मार्को जेनसेन र अर्शदीप सिंहले समसन विकेट झारे।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!