काठमाडौं:पश्चिम नेपालमा शक्तिशाली भूकम्प गएको छ। भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जाजरकोटकाे पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ ।
सुर्खेत, दैलेख, कालीकोटलगायतका जिल्लाहरूमा साथै सुदूरपश्चिम प्रदेशमा पनि धक्का महसुस गरिएको छ ।
भूकम्पको क्षतिबारे जानकारी आएको छैन् ।
