काेलकातासंग हैदराबादकाे लज्जास्पद हार

काठमाडौं: इण्डियन प्रिमियर लिग(आइपिएल) मा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई ८० रनले हराएको छ।

जितका लागि पाएकाे २०१ रनकाे लक्ष्य पछ्याएकाे हैदराबाद १६.४ ओभरमा १२० रनमा अलआउट भयाे।

हैदरावादका हेनरिक क्यालसनले सर्वाधिक ३३ रन बनाए। २१ बल खेलेका उनले समान दुई चौका र छक्का प्रहार गरे। कामिन्दु मेन्डिसले २० बलमा एक चौका र दुई छक्कासहित २७ रन बनाए।

नीतिशकुमार रेड्डी १९ र कप्तान प्याट कमिन्स १४ रनमा आउट हुँदा अन्यको ब्याट चल्न सकेन।

कोलकाताका वैभव अरोरा र वरुण चक्रवर्तीले समान तीन विकेट लिए।

यसअघि घरेलु मैदान इडन गार्डेन्समा टस हारेर बलिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय रन बनायाे ।

कोलकाताका लागि वेंकटेस अय्यरले २९ बलमा ७ चौका र ३ छक्काको सहयोगमा सर्वाधिक ६० रन जोडे ।

पाँचौ विकेटका लागि रिंकु सिंहसँग अय्यरले ९१ रनको साझेदारी गरे । रिंकु १७ बलमा ४ चौका र १ छक्कामा ३२ रन बनाउँदै नट आउट रहे ।

अंगकृष्ण रघुवंशीले ३२ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५२ रन जोडे । टोलीको स्कोर १४ रनमा रहँदा पहिलो ओपनर क्विटन डि कक १ रनमा आउट भएकामा अर्का ओपनर सुनिल नारायण ७ रन बनाउँदै आउट भए ।

तेस्रो विकेटका लागि कप्तान अजिक्या रहाणे र रघुवंशीले ८१ रनको महत्वपुर्ण साझेदारी गरे । कप्तान राहाणेले २७ बलमा १ चौका र ४ छक्काको सहयोगमा ३८ रन जोडे । सुरुवात खास राम्रो गर्न नसकेको कोलकालाले पछिल्लो ५ ओभरमा २ विकेट गुमाएर ७८ रन जोड्न सफल भयाे ।

हैदराबादका लागि हर्षल पटेल, मोहम्मद सामी, कप्तान प्याट कमिन्स, जिशान अन्सारी र कमिन्डु मेन्डिसले समान १ विकेट आफ्नो नाममा गरे ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!