बैतडीमा सर्वाधिक धनराशीकाे महिला र पुरूष भलिबल हुने


बैतडी: बैतडीमा पालिकास्तरिय खुल्ला महिला तथा पुरूष भलिबल प्रतियोगिताकाे तयारी भएकाे छ।
नेपाल खेलकुद महासंघ बैतडीकाे आयाेजनामा अगामी जेठमा हुने याे प्रतियोगिता जिल्लाकै सर्वाधिक धनराशीको हाे ।
उक्त प्रतियोगीतामा जिल्लाका १० ओटै स्थानियतहका खेलाडी बीच महिला र पुरुष तर्फ छुट्टाछुट्टै प्रतिस्प्रधा हुने महासंघका जिल्ला कमिटी अध्यक्ष भुपेन्द्र चन्दले बताउनुभयाे।
प्रतियोगिता आगामी ३ जेठमा मदन भण्डारीको जन्मजयन्तीको अवसरमा उद्घाट गरिने जनाइएकाे छ।
जिल्लामै हालसम्म भएका भलिवल प्रतियोगीताहरु मध्ये सबैभन्दा बढी ७७ हजार ७ सय ७७ धनराशी प्रथम पुरुस्कार राशी रहेकाे छ। प्रतियोगीताको दोस्रो पुरुस्कार ५५,५५५/–रहेको छ भने तेस्रो पुरुस्कार ४४,४४४/– र सान्त्वना पुरुस्कार ३३,३३३/– रहेको छ । प्रतियोगीताका उत्कृष्ट खेलाडीहरुलाई पुरुस्कारको व्यवस्था छ । नगद पुरुस्कारको साथमा मेडल र ट्रफि प्रदान गरिने जनाएको छ।

प्रतियोगीताको नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री दामोदर भण्डारीले उद्घाटन गर्नुहुनेछ ।

यस प्रतियोगीता संगै पर्यटन महोत्सवको समेत आयोजना गरिनेछ । प्रसिद्ध निङलाशैनी भगवती मन्दिरकाे प्राङ्गणमा हुने प्रतियोगिताकाे उद्घाटन सत्रमा बैतडीमै जन्मीएका वरिष्ट गायक तिलक सिंह पेला, महेश कुमार औजी, अन्तराम बिष्ट, शेरी औजी, भानुभक्त जोशी लगायतका कलाकारहरुलाई आमन्त्रण गरिने महासंघका जिल्ला इन्चार्ज मनोज ठकुराठीले बताउनुभयाे । करिव १ सातासम्म संचालन हुने उक्त कार्यक्रम अवधीभर जिल्लामा भलिवलको विकासका लागि योगदान दिएका व्यक्ति, कलाकारहरुलाई अभिनन्दन गरिने आयोजकले जनाएको छ ।
भलिवल अन्तराष्ट्रिय नियमका आधारमा खेलाइने बताइएको छ । प्रतियोगीताले भलिबल खेलकाे विकासका साथै खेलाडी उत्पादनमा सहयाेग पुग्ने विश्वास गरिएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!