सुनकाे मूल्यमा नयाँ कीर्तिमान,नाघ्याे १ लाख ८० हजार

काठमाडौं: नेपाली बजारमा सुनकाे मूल्यमा नयाँ कीर्तिमान कायम भएकाे छ।

अघिल्लो दिन सामान्य मूल्य घटेको सुन फेरि नयाँ उचाइमा पुगेको हाे।

बिहीबार सुनको भाउ हालसम्मकै उच्च प्रतितोला १ लाख ८० हजार ३ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिनको तुलनामा आज १२ सय रुपैयाँले सुन बढेको हो ।
अघिल्लो दिन १ लाख ७९ हजार १ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!