बैंग्लुरुकाे ह्याट्रिक जितमा ब्रेक,गुजरातसंग पराजित

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) मा गुजरात टाइटन्सले रोयल च्यालेन्जर्स बैंग्लुरुकाे ह्याट्रिक जितमा ब्रेक लगाएको छ।
लगातार तेस्रो जितेको खाेजीमा रहेको बैंग्लुरुलाई गुजरातले ८ विकेटले हरायाे ।
जितका लागि पाएकाे १७० रनकाे लक्ष्य गुजरातले १७.५ ओभरमा २ विकेटको क्षतिमा भेट्टायाे।
जसमा जाेस बटलरले ७३ रनकाे अविजित इनिङ खेले।

यसअघि एम चिन्नास्वामी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको बैंग्लुरुले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १६९ रन बनाएको हो। 

बैंग्लुरुका लिभिङस्टोनले सर्वाधिक ५४ रन बनाए। ४० बल खेलेका उनले एक चौका र पाँच छक्का प्रहार गरे। जीतेश शर्माले २१ बलमा पाँच चौका र एक छक्कासहित ३३ रन बनाए। 

टिम डेभिड ३२, फिल साल्ट १४ र कप्तान रजत पाटिदार १२ रनमा आउट हुँदा अन्यले ब्याट चलाउन सकेनन्।

गुजरातका मोहम्मद सिराजले सर्वाधिक तीन विकेट लिए। चार ओभर बलिङ गरेका उनले १९ रन खर्चिए। शाई किशोरको नाममा दुई विकेट रह्यो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!