बैतडी:बैतडीको दशरथचन्द नगरपालिकाले नगरबस सञ्चालन गर्ने तयारी गरेकाे छ।
बस खरिद गरेर ल्याइसकिएकाे र चैत २४ गतेदेखि सञ्चालनकाे तयारी भएकाे दशरथचन्द नगरपालिकाका सूचना अधिकारी राजेन्द्र विष्टले जानकारी दिनुभयाे।
दशरथचन्द नगरबस सञ्चालन गर्ने पहिलाे नगरपालिका समेत बन्नेछ।
उहाँले भन्नुभयाे,”बस खरिद गरेर ल्याइसकिएकाे र चैत २४ गते औपचारिक रूपमा उद्घाटन गरेर नियमित रूपमा सञ्चालन गर्ने तयारी छ।”
नगर प्रमुख पुष्कर राज जोशी “लख्खाभाइ”ले आफ्नो चुनावी नारामा प्रतिबद्धता पूरा गर्न नगर बस सञ्चालनकाे तयारी गर्नुभएकाे हाे। चुनावका बेला उहाँले नगरबस सञ्चालन गर्ने प्रतिबद्धता गर्नुभएकाे थियाे।
नगर बस सञ्चालनमा आउने भएपछी नगरपालिका सम्म आवतजावत गर्ने सर्वसाधारणहरु लाई निकै सहज हुने अपेक्षा समेत गरिएको छ ।
उक्त बस काठमाडौंकाे सिपर्दी टेडिङ प्रालिले टेन्डरमार्फत ४३ लाख ९८ हजार २२९ रूपैंयामा खरिद गरिएको हाे।
न्युनतम भाडामा सतबाँझ-झुलाघाट नियमित रूपमा सेवा दिने गरि नगरबस सञ्चालन हुनेछ।
यसका साथै नगरका अन्य वडाहरूमा पनि हप्ताकाे एक दिन सेवा दिने गरि सञ्चालनकाे तयारी भएकाे दशरथचन्द नगरपालिकाले जनाएको छ।
