प्रधानमन्त्री कप क्रिकेट: उपाधिका लागि पुलिस र आर्मी भिड्दै

काठमाडौं: प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लब भिड्दैछन् ।
सिद्धार्थ क्रिकेट मैदानमा हुने फाइनल खेल बिहान ९ बजेदेखि हुँदैछ ।

पुलिस साविक विजेता समेत हो । गत वर्ष आर्मीलाई हराएर पुलिसले उपाधि रक्षा गरेको थियो ।

आर्मी यसपटक त्यो बदला लिन चाहन्छ । तर, राम्रो लयमा रहेको पुलिस आर्मीमाथि लगातार जित निकाल्ने दाउमा छ।

पुलिसका कप्तान दीपेन्द्रसिंह ऐरी र आर्मीका कप्तान विनोद भण्डारीले उपाधि आफूले जित्ने दाबी गरेका छन् ।

२०१७ देखि सुरु प्रधानमन्त्री कपमा अहिलेसम्म नेपाल पुलिस क्लबले दुईपटक उपाधि जितेको छ । आर्मीले एकपटक मात्रै उपाधि हात पारेको छ ।

प्रधानमन्त्री कपमा खेलेका ९ खेलमध्ये यी दुबै टिमले ८–८ खेल जितेका छन् । आर्मीले भने आफ्नो अन्तिम खेलमा पुलिसलाई हराएको थियो । फाइनल पुग्दा आर्मी रनरेटमा पहिलो बन्दा पुलिस दोस्रो बनेको छ ।

फाइनल पुगेका पुलिस र आर्मी जय ट्रफी बहुदिवसीय क्रिकेटका लागि छनौट भएका छन् । यसका साथै एपिएफ र बागमती प्रदेश पनि जय ट्रफीका लागि छनौट भएका छन् ।

नेपाल क्रिकेट संघले प्रधानमन्त्री कपको शिर्ष चारमा पुग्ने टोलीबीच जय ट्रफी गराउदैं आएका छ ।

गत संस्करणको जय ट्रफीको उपाधि आर्मीलाई हराएर पुलिसले जितेको थियो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!