रेकर्डधारी हैदरावादमाथि लखनउ हावी,पाँच विकेटले हरायाे

काठमाडौं: इन्डियन प्रिमियर लिग (आइपिएल) मा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदरावादलाई ५ विकेटले हराएको छ।
जितकाे लागि पाएको १९१ रनको लक्ष्य लखनउले १६.१ ओभरमा ५ विकेटको क्षतिमा सहजै पूरा गर्याे ।
जसमा निकाेलस पुरन र मिचेल मार्सले अर्धशतक हिर्काए। पुरनले ७० र मार्सले ५२ रन जाेडे।
हैदरावादका लागि कप्तान प्याट कमिन्सले २ विकेट लिए।

यसअघि राजीव गान्धी स्टेडियममा टस हारेर पहिला ब्याटिङ थालेको हैदरावादले निर्धारित २० औभरमा नौ विकेट गुमाउँदै १९० रन बनायाे।

हैदरावादका ओपनर ट्राभिस हेडले सर्वाधिक ४७ रन बनाए। २८ बल खेलेका उनले पाँच चौका र तीन छक्का प्रहार गरे।

अंकत बर्माले १३ बलमा पाँच छक्कासहित ३६ रन बनाए। नितिशकुमार रेड्डी ३२ र हेनरिक क्लासन २६ र प्याट कमिन्स १८ रनमा आउट हुँदा हर्षल पटेल १२ रनमा अविजित रहे। अन्यको ब्याट चल्न सकेन।

लखनउका सर्दूल ठाकुरले सर्वाधिक चार विकेट लिए। चार ओभर बलिङ गरेका उनले ३४ रन खर्चिए।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!