बैतडी:रोजगारीको सिलसिलामा भारत जादै गर्दा बैतडीका एक युवक बाटोबाटै बेपत्ता भएका छन् । जिल्लाको दोगडा केदार गाउँपालिका ३ श्रीकाेटका अन्दाजी ४० वर्षीय कैलाराम भुल बेपत्ता भएका हुन्।
एक हप्ता अगाडि घरबाट रोजगारीको सिलसिलामा भारत जादै गर्दा बेङ्गलोर नपुगी कैलाराम बाटोबाटै बेपत्ता भएका दोगडाकेदार गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष कालुराम भुलले बताउनुभयाे ।
बेङ्गलोर जादै गर्दा भारतको हुब्ली रेल्वे स्टेशन बाट भुल बेपत्ता भएका कैलाराम सम्पर्कमा नआएको पारिवारिक स्रोतले जनाएको छ । परिवारले खोज तलासका लागी सवैमा आग्रह समेत गरेका छन् ।
भुलको घरमा श्रीमती एक छोरा र छोरी रहेका छन् ।
