भूमि आयोग बैतडीले पूर्णता पायाे,पालिकासंग अभिमुखिकरणकाे तयारी

बैतडी:भूमि समस्या समाधान आयोग बैतडीले पूर्णता पाएकाे छ। महिला सदस्य सरस्वती जोशीले नियुक्ती पाएसंगै भूमि समस्या समाधान आयोग जिल्ला समितिले पूर्णता पाएकाे हाे ।

जाेशीलाई भूमि समस्या समाधान आयोग बैतडीका अध्यक्ष रमेश पाण्डेयले शपथग्रहण समेत गराउनुभयाे। भूमि समस्या समाधान आयोग जिल्ला समिति नाै जनाकाे कार्यसमिति रहने गर्दछ।

अध्यक्षसहित चारजनालाई मन्त्रालय नियुक्त गर्ने पाँच कर्मचारीहरूबाट समितिमा रहन्छन्।

भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीमा अध्यक्षसहित एक महिला सदस्य नेपाली कांग्रेसको कोटामा परेको थियो । जसमा सदस्यको नियुक्ती हुन बाँकी थियो, जसमा पाटन नगरपालिकाकी सरस्वती जाेशी नियुक्त हुनुभएकाे हाे।

यस अघि नेपाली काँग्रेसकै कोटाबाट समिति अध्यक्षमा रमेशदत्त पाण्डेय, एमालेको कोटाबाट विज्ञ सदस्य जगदीशसिंह नायक र सदस्य जानकी अवस्थीले नियुक्ती
पाउनुभएकाे थियाे।

कर्मचारीकाे तर्फबाट जिल्ला समन्वय अधिकारी,प्रमुख जिल्ला अधिकारीले ताेकेकाे एकजना,डिभिजनल वन अधिकृत, मालपाेत कार्यालयका प्रमुख र सदस्य सचिव नापी कार्यालय प्रमुख रहने व्यवस्था छ।

समितिले पूर्णता पाएसंगै जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित रुपमा वसोवास गरिरहेका विपन्न नागरिकहरुले राहत पाउने समितिका अध्यक्ष पाण्डेयले बताउनुभयो ।

आफू नेतृत्वको समितिले बैतडीमा दखिनेगरी काम गर्ने उहाँको भनाई छ । उहाँले भन्नुभयो,” समितिले पूर्णता पाएसंगै भूमिहीन तथा अव्यवस्थित वसोवासीहरुको समस्या समाधानमा लाग्नेछाैं। त्यसका लागि सबै सम्बन्धित स्थानीय तह र सबै सरोकारवालाहरुको सहयोगको अपेक्षा गरेको छु ।”

भुमीहीन सुकुम्बासीहरुलाई जग्गा दिनका लागि अब समितिले काम अघी बढाउने र त्यसका लागि स्थानीय तहहरुसंग पनि छलफल भइरहेको पनि उहाँको भनाई छ ।

यसैबीच भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीले पाटनमा यही चैत १८ गते अभिमुखिकरण गर्ने भएको छ ।
अभिमुखीकरण कार्यक्रममा सुदूरपश्चिम प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विरबहादुर थापाको विशेष उपस्थिति रहने जनाएको छ।

जिल्लास्थित स्थानीय तहका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र भूमि शाखा प्रमुखहरुका लागि अभिमुखिकरण गर्न लागिएको भूमि समस्या समाधान आयोग जिल्ला समिति बैतडीका सदस्य सचिव एवं कार्यालय,बैतडीका प्रमुख रणसिंह रावलले बताउनुभयो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!