आगलागी नियन्त्रणकाे पूर्वतयारी: सुरक्षा निकायलाई सामग्री प्रदान

बैतडी: आगलागीबाट बच्न तथा नियन्त्रणका लागि बैतडीमा पूर्व तयारी थालिएको छ।
डिभिजन वन कार्यालयले आगलागी नियन्त्रणका लागि पूर्व तयारी थालेकाे हाे।

पूर्व तयारी स्वरूप वन कार्यालयले अन्तरक्रिया तथा सचेतनामूलक कार्यक्रम गरिरहेकाे डिभिजनल वन अधिकृत भरतप्रसाद भट्टले जानकारी दिनुभयो ।

यसका साथै आज जिल्लास्थित सुरक्षा निकायलाई वनमा लागेको डढेलो नियन्त्रणका लागि अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण समेत गरिएको छ।

जिल्लास्थित तीन ओटै सुरक्षा निकायलाई आगो निभाउने स्वाटर, हेलमेट, पन्जा र फायर र्याक,र्याक हुँ, लगायतका अग्नि नियन्त्रणका सामग्रीहरु हस्तान्तरण गरेको हो । 

प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायमार्फत नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनालाई अग्नि नियन्त्रणका सामग्रीहरु हस्तान्तरण गरिएको प्रमुख भट्टले बताउनुभयाे ।

डिभिजन वन कार्यालयको आर्थिक वर्ष २०८१÷०८२ को वार्षिक स्वीकृत कार्यक्रमअनुसार आगलागीका घटनाहरु नियन्त्रणका लागि सामग्रीहरु हस्तान्तरण गरिएको हाे।
उहाँले भन्नुभयाे,” आगलागी नियन्त्रणकाे पूर्वतयारी थालेका छाैं। आगलागीका घटना भइहाले तत्कालै नियन्त्रण गर्न सहज हाेस भनेर सुरक्षा निकायलाई नियन्त्रणका सामग्री हस्तान्तरण गरेका हाैं।”

एक कार्यक्रमकाे आयाेजना गरेर तीन ओटै सुरक्षा निकायलाई १०÷१० सेटका दरले अग्नि नियन्त्रणका सामग्री वितरण गरिएको हस्तान्तरण गरिएको हो ।
यसका साथै जिल्लाका छ वटा सव डिभिजन कार्यालयमार्फत सामुदायिक वनहरूलाई पनि नियन्त्रणका सामग्री वितरणकाे तयारी भएकाे छ।

आगलागीको बढी जोखीम रहेका सामुदायिक वनलाई पनि अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण गरिने डिभिजन वन कार्यालयले जनाएको छ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!