बैतडी:चेक अनादर मुद्दामा २ वर्ष जेल सजाय सुनाइएका फरार प्रतिवादी पक्राउ परेका छन्।
पक्राउ पर्नेमा जिल्लाकाे सिगास गाउँपालिका- ३ सिस्नेखेतीका ३७ वर्षीय विनाेदकुमार साउँद रहेका बैतडी प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।
कैलाली जिल्ला अदालतबाट चेक अनादर मुद्दामा २ वर्ष जेल सजाय पाएका साउँदलाई घरबाटै पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेका साउँदलाई कैलाली प्रहरीकाे जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।
