नबिल बैंकले जित्यो कर्पोरेट क्रिकेटको उपाधि

महेन्द्रनगर: कञ्चनपुरमा सम्पन्न कर्पोरेट सुपर सिक्स क्रिकेट लिग २०८१ को उपाधि नबिल बैंकले जितेको छ । आज सम्पन्न उपाधि भिडन्तमा भीमदत्त नगरपालिकालाई ४ विकेटले हराउदैं नबिल बैंक च्याम्यिन भएको हो ।

नबिल बैंक प्रतियोगितामा अपराजित रहदैं च्याम्पियन बनेको नबिल बैंकका कप्तान गोकर्णसिंह विष्टले बताउनुभयो ।

उपाधिसंगै नबिलले ८८ हजार आठ सय ८८ र ट्रफी हात पार्यो । भीमदत्तले ४४ हजार चारसय ४४ मा चित्त बुझायो ।

यो संगै नबिलले लगातार दोस्रोपटक कर्पोरेट क्रिकेट लिगको उपाधि हात पारेको नबिल बैंकका टिम व्यवस्थापक विनोदकुमार भट्टले बताउनुभयो ।

गत वर्ष पनि नबिल बैंक च्याम्पियन भएको टिम प्रशिक्षक निरञ्जनप्रशाद अवस्थीले बताउनुभयो ।

महेन्द्रनगरस्थित कभर्डहलमा भीमदत्तले दिएको ५८ रनको लक्ष्य नबिल बैंकले पाँच दशमलव दुई ओभरमा एक विकेटको क्षतीमा भेट्टायो ।

जसमा गणेश बहादुर धामीले सर्वाधिक २६ ,निरज भट्टले २१ रनको योगदान गरे ।

बलिङतर्फ भीमदत्तका सगुन सुवेदीले एक विकेट हात पारे ।

त्यसअघि टस हारेर ब्याटिङ्गको निम्ता पाएको भीमदत्तले निर्धारित ६ ओभरमा तीन विकेट गुमाएर ५७ रन मात्रै बनाएको थियो । उसका विरेन्द्र सार्कीले सर्वाधिक ३०, हेमन्त प्वालीले १७ रन जोडे ।

नबिलका निरज भट्टले दुई र राजिब भट्टले एक विकेट झारे ।

अलराउन्डर प्रदर्शन गरेका नबिलका निरज भट्ट म्यान अफ द फाइनल बनेका स्कोरर नरेन्द्रप्रसाद भट्टले बताउनुभयो ।

यसैबीच नबिल बैंकका गणेशबहादुर धामी सर्वोत्कृष्ट खेलाडी चुनिदै पाँच हजार पाँच सय ५५ रुपैंया पुरस्कार पाए । न

बिलकै राजिब भट्ट उत्कृष्ट बलर घोषित हुँदै तीन हजार तीनसय ३३ पुरस्कार पाए ।

उत्कृष्ट ब्याटर र सर्वाधिक छक्का प्रहार गर्ने खेलाडी एनएमबी बैंकका हिम्मत सिंह खाती भए ।

हिम्मतले उत्कृष्ट ब्याटरवाफत तीनहजार तीनसय ३३ र सर्वाधिक छक्कावाफत दुई हजार दुई सय २२ रुपैंया पुरस्कार पाए ।

प्रतियोगिताका विजेता उपविजेतालगायतका खेलाडीलाई नेकपा एमालेका कञ्चनपुरका ईञ्चार्ज निरुदेवी पाल, कञ्चनपुर जिल्ला क्रिकेट संघका अध्यक्ष विरेन्द्र बहादुर चन्द,सुदूरपश्चिम प्रादेशीक क्रिकेट संघका सचिव लक्ष्मण भट्ट,सदस्य आशिष खत्रीलगायतले पुरस्कार वितरण गर्नुभयो ।

कञ्चनपुर जिल्ला क्रिकेट संघको आयोजनामा फागुन १६ गतेदेखी सुरु भएको प्रतियोगितामा २० टीमको सहभागिता रहेको थियो ।





Leave A Reply

Your email address will not be published.

error: Content is protected !!