‘आईगयो चैतको मैना’ बजारमा

बैतडी: देउडा गायक तेज दयालको नयाँ देउडा गित बजारमा आएको छ ।

दयालकै आवाजमा रहेको ‘आईगयो चैतको मैना’ बजारमा आएको हो ।

गायक तथा सर्जक प्रकास विरहीको लय तथा शब्दमा भेटौलो महिना बिशेष देउडा गित बजारमा ल्याएको गायक दयालले बताउनुभयो ।

अलिसा डिजिटल रेकर्डिङ स्टुडीयो अत्तरीयामा रेकर्ड गरिएको गितमा गायक दयाललाई गायिका लक्ष्मी रानाले स्वरमा साथ दिनुभएको छ । सुदूर खबर वान युटूब च्यानलबाट सार्वजनिक गरिएको गितलाई किशोर कुमार भण्डारीले एरेन्जर गर्नुभएको हो ।

सुदूरपश्चिममा चैत महिना सुरु भएसंगै दिदिबहिनी भेटने चलन रहेको छ ।

माईती पक्षबाट कोसेली लगेर दिदी बहिनी भेटने चलन अनुसार गित बजार ल्याएको गायक दयालले बताउनुभयो ।

गितमा रोजगारीको लागि घर बाहिर रहेको दाईले बहिनी भेट्न नपाएको कुरा उल्लेख गरिएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!