आईपीएल क्रिकेटको प्रत्यक्ष प्रसारण कान्तिपुर टेलिभिजनबाट हुने

काठमाडौं: शनिबारदेखि शुरु हुने १८ औं संस्करणको इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटको प्रत्यक्ष प्रसारण कान्तिपुर म्याक्स एचडीबाट हुने भएको छ ।

कान्तिपुर मिडिया ग्रुपका अनुसार कान्तिपुर म्याक्स टेलिभिजनले आईपीएलको यस सिजनका सबै ७४ वटै खेल प्रत्यक्ष प्रसारण गर्ने भएको हो ।

पहिलो दिन कोलकातास्थित इडेन गार्डेन रंगशालामा कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बेङ्लुरु खेल्दै छन् । फाइनल खेल मे २५ मा इडेन गार्डेनमै हुनेछ ।

सन् २००८ बाट सुरु भएको आईपीएल विश्वको धनी क्रिकेट लिगमा पर्दछ ।

नेपालका खेलाडी, पूर्व खेलाडी, प्रशिक्षक र पत्रकारबाट म्याचको प्रिभ्यु र रिभ्यु पनि गरिने जनाएको छ ।

नेपाली टेलिभिजन इतिहासमा पहिलो पटक आईपीएल नेपाली च्यानलबाट देखाउन लागिएको हो ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!