सुदूरपश्चिममा शुक्रबार सार्वजनिक बिदा

धनगढी:  सुदूरपश्चिम प्रदेशमा शुक्रबार सार्वजनिक बिदा दिइएको छ ।
रानाथारू समुदायको परम्परागत होली पर्वको अन्तिम दिन ‘खखडेहरा पर्व’ को अवसरमा प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

सुदूरपश्चिम प्रदेश सरकारको राजपत्रमा चैत ८ गते प्रदेशभर सार्वजनिक बिदा रहेको उल्लेख छ ।

बिदाको दिन शुक्रबार यहाँका सम्पूर्ण कार्यालय बन्द रहनेछन् ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!