यू-१९ विश्वकप छनोट: नरेनकाे कप्तानीमा नेपाली टाेली घाेषणा

काठमाडौं: आईसीसी यू-१९ विश्वकप एसिया छनोट खेलका लागि १८ सदस्यीय टिम घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार नरेन भट्टको कप्तानीमा यू १९ टिम घोषणा गरेको हो ।

नेपालमा अप्रिल १२ देखि २१ सम्म काठमाडौंमा हुने छनोट खेलका लागि टिम घोषणा गरिएको हो ।
कप्तान नरेन बैतडी घर भएका खेलाडी हुन्। उनले यसअघि अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेका छन्।
टिममा एनपीएलमा उत्कृष्ट प्रदर्शन गरेका सुर्खेतका विपिन शर्मासमेत समेटिएका छन् । 

क्यानका अनुसार १८ जनामध्येबाट १४ सदस्यीय अन्तिम टिम घोषणा हुनेछ । 

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!