महाकाली राजमार्गमा मृत भेट्टिएका युवकको सनाखत

बैतडी:महाकाली राजमार्ग अन्तर्गत सतबाँझ –गोकुलेश्वर सडकखण्डको दोगडाकेदार गाउँपालिका-५ दोली सडक छेउमा मृत भेटिएका युवककाे सनाखत भएकाे छ।

मृत फेला परेका ती युवक बाजुराको खप्तड छेडदह गाउँपालिका –६ मैतोलाका ३४ वर्षीय गोपाल नाथ
रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे। 

शनिबार बिहान ८ बजेतिर युवककाे शव भेटिएपछि पहिचान हुन नसकेपछि प्रहरीले हुलियासहित सार्वजनिक सूचना प्रवाह गरेको थियो ।
उक्त शव नाथको रहेको भन्दै मृतकका आफन्त सम्पर्कमा आएका हुन् । बाजुराबाट मृतकका आफन्त भोलिमात्रै बैतडी आइपुग्ने बताइएको छ । 

भारतमा काम गर्दै आएका नाथ मृत फेला परेपछि उनको शवलाई जिल्ला अस्पतालको शव गृहमा राखिएको छ । आफन्त पुगेपछिमात्रै शव परीक्षणको कार्य अघि बढ्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

भारतका काम गर्दै आएका भनिएका गाेपाल कसरी यहाँ पुगे भन्ने खुल्न सकेको छैन्। घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेकाे छ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!