काठमाडौं: आईसीसी च्याम्पियन्स ट्रफीको उपाधिका लागि भारत र न्युजिल्याण्ड भिड्ने भएका छन्।
उपाधि भिडन्त आइतबार हुनेछ ।
भारतले अष्ट्रेलियालाई पराजित गर्दै उपाधिनजिक पुगेको हाे भने न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई हराउँदै फाइनलमा सुरक्षित भयाे।
बुधबार सम्पन्न दाेस्राे सेमिफाइनल खेलमा न्युजिल्याण्डले प्रस्तुत गरेको तीन सय ६३ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ५० ओभरमा ९ विकेट गुमाउँदै तीन सय १२ रन मात्र बनाउन सकेको हो ।
डेभिड मिलरले १०० रनको योगदान दिए पनि जितका पर्याप्त भएन । त्यस्तै रासी भान डेर डुसेनले ६९ रन जोड्दा कप्तान टेम्बा बाभुमाले ५६ रन बनाए ।
न्युजिल्याण्डका मिचेल स्यान्टनरले तीन विकेट लिँदा ग्लेन फिलिप्स र म्याट हेनरीको नाममा दुई दुई विकेट रह्यो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको न्युजिल्याण्डले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउँदै तीन सय ६२ रन बनाएको थियो । यो च्याम्पियन ट्रफीको हालसम्मकै ठूलो स्कोर हो ।
