बैतडी: प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा कैलालीले फाइनलमा स्थान सुरक्षित गरेकाे छ।
आज सम्पन्न पहिलो सेमिफाइनल खेलमा डडेल्धुरामाथि ४ रनकाे जित निकालेर कैलाली फाइनलमा पुग्याे।
जितका लागि पाएकाे १४६ रनकाे सामान्य लक्ष्य पछ्याएकाे डडेल्धुरा ३८.५ ओभरमा १४१ रनमा अलआउट भयाे।
जसमा राहुल भण्डारीले अविजित ४४,कप्तान अर्जुन बिकले ३६,निरज ऐरले २३ रनकाे याेगदान गरेपनि टाेलीलाई जिताउन सकेनन् ।
सामान्य लक्ष्य पछ्याएकाे डडेल्धुरा सम्हालिएर खेल्न नसक्दा सेमिफाइनलबाटै बाहिरियाे।
बलिङतर्फ कैलालीका कप्तान नारायण जाेशी र दीपक राेकायाले ३/३ र शेर मल्लले २ विकेट हात पारे।
यसअघि पहिला ब्याटिङ गरेकाे कैलाली ३३.२ ओभरमा १४५ रनमै समेटियाे।
उसका टेक रावतले अर्धशतकीय पारी खेल्दै ६१,निश्चल क्षेत्री ३५, सन्दीप साउँदले २४ रन हिर्काए।
डडेल्धुराका लागि राहुल भण्डारीले ६,कप्तान अर्जुन विक र निरज ऐरले २/२ विकेट झारे।
कैलालीले उपाधिका लागि भाेलि हुने दाेस्राे सेमिफाइनलमा बैतडी र कञ्चनपुरमध्ये विजेता टाेलीसंग खेल्नेछ।
उपाधि भिडन्त तथा फाइनल खेल फागुन २२ गते हुनेछ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा फागुन ११ देखि सुरू प्रतियोगिता प्रदेशका ८ टाेलीकाे सहभागीता रहेकाे छ।
याे छनाैट प्रतियोगिताबाट प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगिता खेल्ने सुदूरपश्चिमकाे टाेली तयार गरिने प्रादेशिक क्रिकेट संघका मुख्य छनाैटकर्ता दीपेन्द्रसिंह भण्डारीले बताउनुभयो ।
