शिक्षकले पढाउन छाडेर राजनीति नगराैं : उपमहासचिव पाेखरेल

बैतडी:नेकपा माओवादी केन्द्रका उपमहासचिव, सुदूरपश्चिम प्रदेश इन्चार्ज गिरिराजमणि पोखरेलले शिक्षकहरूले राजनीति गर्न नहुने बताउनुभएको छ। साेमबार बैतडीको पाटनमा प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बाेल्दै उपसहासचिव पाेखरेलले शिक्षकहरूले पढाउन छाेडेर कुनै दलकाे कार्यकर्ता भएर राजनीति गर्न नहुने बताउनुभएकाे हाे।
उहाँले भन्नुभयाे,”शिक्षकले राजनीति गर्ने हैन पार्टीलाई सल्लाह सुझाव दिन सक्छन, पढाउने समय बाहेक अन्य समय पार्टीलाई दिन सक्छन तर झण्डा बोकेर चुनावै लडन शिक्षाको नैतिकताले दिदैन,गर्नु पनि हुदैन् ।”

एक फरक प्रसंगमा उहाँले सुदूरपश्चिम प्रदेशमा माओवादी केन्द्रको तर्फबाट मुख्यमन्त्री खगराज भट्टलाई नै बनाउने निर्णय भएको बताउनुभएकाे छ।

सुदूरपश्चिम प्रदेश इन्चार्ज पोखरेलले संसदीय दलको नेता परिर्वतनका बिषयमा स्थायी समितिकाे बैठकमा बिशेष छलफल भइसकेको बताउँदै अबका दिनमा यस्ता गल्ती नदोहोराउने खालको निर्णय भएको प्रष्ट पार्नुभयाे ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!