बैतडी: साविक विजेता मैलाली नगरपालिकाकाे टिम बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताकाे उपाधिनजिक पुगेकाे छ।
गाेठलापानीस्थित जगन्नाथ बहुउद्देश्यीय खेलमैदानमा सम्पन्न सेमिफाइनलमा सुर्नया गाउँपालिकालाई ३-१ काे सेटमा हराउदै मेलाैली फाइनलमा सुरक्षित भयाे।
पहिलाे सेट मेलाैलीले २५-१८ ले जितेकोमा दाेस्राे सेट सुर्नयाले २५-२१ ले हात पार्याे।
त्यसपछि तेस्राे सेट मेलाैलीले २५-२३ र चाैथाे २५-१५ ले आफ्नाे पक्षमा पार्दै उपाधि नजिक पुगेकाे हाे।
मैलाैलीले उपाधिका लागि साविक उपविजेता दशरथचन्दसंग भिड्नेछ।
गत वर्ष पनि यी दुबै टाेली फाइनलमा भिडेका थिए।
दशरथचन्दलाई हराउदै मेलौली च्याम्पियन भएको थियो ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे थियोे ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।
उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।
