अन्तरपालिका भलिबल: पुर्चाैडीलाई हराएर सुर्नया सेमिफाइनलमा

बैतडी: सुर्नया गाउँपालिकाकाे टाेली बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताकाे सेमिफाइनलमा पुगेकाे छ।

आज सम्पन्न दाेस्राे क्वाटरफाइनल खेलमा पुर्चाैडी नगरपालिकालाई ३-२ सेटले हराउदै सुर्नया अन्तिम चारमा सुरक्षित भएको हाे।

शाहिलेकस्थित विरेन्द्र माविकाे खेलमैदानमा भएकाे खेलमा पहिलाे सेट २५-२१,दाेस्राे २५-२० ले जितेकाे सुर्नयाले त्यसपछिका दुई सेट गुमायाे ।

तेस्राे सेट पुर्चाैडीले २७-२५, चाैथाे २५-२१ ले आफ्नाे पक्षमा पार्याे।

अन्तिम तथा निर्णायक सेट १५-८ काे अंकमा हराउँदै सुर्नया अन्तिम चारमा सुरक्षित भयाे।

पराजित पुर्चाैडी क्वाटरफाइनलबाटै घर फर्किन बाध्य भयाे।

मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे छ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।

यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।

यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।

प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।

उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!