अन्तरपालिका भलिबल: मेलाैली सेमिफाइनलमा,शिवनाथ आउट

बैतडी: बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा
मैलाली नगरपालिका सेमिफाइनलमा प्रवेश गरेकाे छ।

आज सम्पन्न पहिलाे क्वाटरफाइनल खेलमा शिवनाथ गाउँपालिकालाई ३-० काे साेझाे सेटमा पराजित गर्दै मेलाैली अन्तिम चारमा सुरक्षित भएकाे हाे।

शाहिलेकस्थित विरेन्द्र माविकाे खेलमैदानमा भएकाे खेलमा मेलाैलीले पहिलाे सेट २५-१८,दाेस्राे २५-२२ र तेस्राे २५-२३ ले जित्यो ।

याे जितले मेलाैली अन्तिम चारमा सुरक्षित भएकाे छ। पराजित भएकाे शिवनाथ बाहिरिएकाे छ।

मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा गत बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे छ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।

यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।

यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।

प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।

उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!