कैलाली यू-१६ अन्तर स्कुल क्रिकेट: ऐश्वर्या र मणिलेक सेमिफाइनलमा

बैतडी:धनगढीमा जारी कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा ऐश्वर्या विद्या निकेतन(एभीएन) र मणिलेक स्कुल सेमिफाइनल प्रवेश गरेका छन्।
आज सम्पन्न खेलमा चैतन्य पाठशालामाथि ९ विकेटकाे जित दर्ता गर्दै ऐश्वर्या सेमिफाइनलमा पुगेकाे हाे।

जितका लागि पाएकाे ३६ रनकाे लक्ष्य ऐश्वर्याले ३.५ ओभरमा १ विकेटको क्षतिमा पुरा गर्याे । जसमा मनिश भट्टले अविजित २१ रन बनाए। चैतन्यका युद्ध जंग ठकुल्लाले १ विकेट लिए।
यसअघि पहिला ब्याटिङ गरेकाे चैतन्य ११.४ ओभरमा ३५ रनमा अलआउट भयाे। उसका कुनै पनि ब्याटरले दाेहाेराे अंकमा रन जाेड्न सकेनन् । चैतन्यकाे पारि ध्वस्त पार्ने क्रममा म्यान अफ द म्याच समेत भएका ऐश्वर्याका मनिश भट्ट एक्लैले ५ विकेट झारे।
दाेस्राे खेलमा वेस्टर्न क्रिस्टललाई ४ विकेटले हराउँदै मणिलेक स्कुल पनि अन्तिम चारमा सुरक्षित भएकाे छ।
वेस्टर्नले दिएको १२१ रनकाे लक्ष्य मणिलेकले १३.४ ओभरमा ६ विकेटको क्षतिमा भेट्टायाे। जसमा निश्चल क्षेत्रीले ४७ रन बनाए। वेस्टर्नका सुरज कडायत र निरज शाहीले २/२ विकेट लिए।
त्यसअघि पहिला ब्याटिङ गरेकाे वेस्टर्न १५ ओभरमा १२० रनमा समेटियो । उसका सिदान्सु रावलले २३ रन बनाए। मणिलेकका निश्चल क्षेत्रीले ४ विकेट हात पारे। उनी खेलका म्यान अफ द म्याच समेत चुनिएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयाे।

यस्तै आजै भएकाे अर्को खेलमा मयुर स्कुललाई विद्या भुषणले ३६ रनले हरायाे।

कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३० गतेदेखि शुरू भएकाे प्रतियोगिता जेष्ठ १२ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताले खेलाडी उत्पादनमा सहयाेग मिल्ने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!