अन्तरपालिका भलिबल: साविक विजेता मेलाैलीकाे सुखद सुरूआत

बैतडी: बैतडीमा जारी मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगितामा
साविक विजेता मेलाैली नगरपालिकाले विजयी सुरूआत गरेकाे छ।

शाहिलेकस्थित विरेन्द्र माविकाे खेलमैदानमा भएकाे खेलमा मेलाैलीले सिगास गाउँपालिकालाई ३-१ सेटमा हरायाे।

पहिलाे सेट मेलाैलीले २५-२१ काे अंकमा जित्याे ।

दाेस्राे सेट सिगासले २६-२४ ले आफ्नाे पक्षमा पार्याे ।

त्यसपछि मेलाैलीले तेस्रो सेट २५-२१ र चाैथाे सेट २५-२२ काे अंकमा जित्दै खेल आफ्नो पक्षमा पार्याे।

मैनेजर तेजबहादुर चन्द ट्रष्टकाे आयाेजनामा बिहीबारदेखि भएको प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहेकाे छ।

प्रतियोगिताको विजेताले १ लाख २५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।

यस्तै उपविजेताले ७५ हजार, तृतीयले ३५ हजार, सान्त्वनालाई १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।

यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।

प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

दशरथचन्द नगरपालिका ५ घर भएका तेजबहादुर चन्द वाणिज्य बैंकका क्षेत्रिय प्रबन्धक हुनुहुन्थ्यो ।

उहाँकै स्मृतिमा वि स २०७४ सालमा स्थापना भएकाे ट्रष्टले जिल्लामा विभिन्न सामाजिक कार्यका साथै खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!