बैतडी:उद्योग,वाणिज्य तथा आपूर्ती मन्त्री दामोदर भण्डारीले शैक्षिक क्षेत्र सुधारका लागि नयाँ शिक्षा ऐन आवश्यक रहेकाे बताउनुभयो ।
शुक्रबार नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको १८ औं जिल्ला अधिवेशनको दाेगडाकेदारमा उद्दघाटन गर्दै मन्त्री भण्डारीले समग्र शैक्षिक क्षेत्रकाे विकासका लागि नयाँ शिक्षा ऐन ल्याइन लागिएको उहाँले बताउनुभएकाे हाे।
उहाँले भन्नुभयाे,” नयाँ शिक्षा ऐन चाँडै आउनेछ , सबै शिक्षकहरुका मागहरुलाई अधिकतम रुपमा सम्बोधन गर्ने र शिक्षा क्षेत्रमा देखिएका समस्या समाधान गर्ने हिसाबले सरकारले ऐन उक्त ल्याउन लागेको हाे।”
शिक्षकहरुका तर्फबाट व्यक्त भएका मागहरुलाई ऐनले सम्बोधन गर्ने दाबी गर्दै उहाँले यसको लागि सरकार लागिपरेको जानकारी दिनुभयो ।
यसका साथै राष्ट्रिय आवश्यकताका आधारमा अहिले एमाले र कांग्रेस मिलेर सरकार निर्माण गरिएको बताउँदै उहाँले अध्यादेशमार्फत ल्याएका कानुनहरु अहिलेको आवश्यकता भएकाले संसदबाट पारित गर्नुपर्नेमा जाेड दिनुभयो ।
यस्तै देशको अर्थतन्त्र सुधारका लागि सबै पक्ष एकभएर अघि बढ्नुपर्नेमा जाेड दिदै उहाँले अर्थतन्त्रमा सुधार आएमात्रै देशकाे समग्र विकास हुने बताउनुभयाे।
दाेगडाकेदार गाउँपालिका ३ श्रीकाेटमा सुरू अधिवेशनबाट नेपाल राष्ट्रिय शिक्षक संगठन बैतडीको नयाँ नेतृत्व चयन हुनेछ।
