प्रधानमन्त्री कप क्रिकेट: कैलालीले कञ्चनपुरलाई हरायाे

बैतडी: प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताकाे सुदूरपश्चिम प्रदेशस्तरीय छनाैटमा कैलालीले सुखद सुरूआत गरेकाे छ।

सुखद सुरूआत गर्ने क्रममा कैलालीले कञ्चनपुरमाथि छ विकेटको जित निकाल्याे।

कञ्चनपुरले दिएकाे २०० रनकाे लक्ष्य कैलालीले ३२.२ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्याे।

जसमा टेक रावतले अर्धशतकीय पारी खेल्दै ७३ रन बनाए । टेक म्यान अफ द म्याच समेत चुनिए।

यस्तै आयुव चन्दले ४८ र वसन्तसिंह कार्कीले अविजित ३३ रनकाे याेगदान गरे।

बलिङमा कञ्चनपुरका मिलन बाेहरा र किरन चन्दले २/२ विकेट लिए।

यसअघि पहिला ब्याटिङ गरेकाे कञ्चनपुर ३९.२ ओभरमा १९९ रनमा समेटियाे।

उसका प्रकाश पाण्डेयले सर्वाधिक ४२ रन जाेडे।

कैलालीका कप्तान नारायण जाेशी र हर्क बस्नेतले ३/३ विकेट झारे।

सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघकाे आयाेजनामा फागुन ११ देखि सुरू प्रतियोगिता फागुन २१ गते सम्पन्न हुनेछ।

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!