बैतडी:कांग्रेस बैतडीले ‘दैलाे अभियान’ सञ्चालनमा आएकाे छ। अभियानकाे नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले गर्नुभयाे। पञ्चेश्वर गाउँपालिका ४ सैलाेडाबाट अभियानकाे शुभारम्भ गरिएको हाे ।
अभियानको शुरुवात गर्दै नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले नेपाली कांग्रेसको संगठनलाई विस्तार गर्न र मजबुत बनाउन अभियान सञ्चालन गरिएको बताउनुभयाे ।
१२० दिनसम्म सञ्चालन हुने दैलाे अभियान पञ्चेश्वर गाउँपालिकाबाट शुरू भएकाे र पुर्चाैडी नगरपालिकामा सम्पन्न हुने नेपाली कांग्रेस बैतडीका सचिव प्रेमबहादुर चन्दले जानकारी दिनुभयाे। उक्त अभियानकाे नाम ” १२० दिने पञ्चेश्वर-पुर्चाैडी दैलाे अभियान” राखिएको छ।
अभियानमा जिल्लाका पदाधिकारी,प्रदेश क्षेत्रीय समितिका पदाधिकारी,पालिका,वडा,टाेल कार्यसमिति, पार्टीबाट निर्वाचित जनप्रतिनिधि सहभागी हुनेछन्। पैदल रूपमा सञ्चालन हुने अभियानमा गाउँमै तथा टाेलबस्तीमै बास बस्ने,जनतासँग प्रत्यक्ष भेटघाट,किसानहरूसंग खेतबारीमै भेटघाट,विकास निर्माण,पार्टीबारेकाे जनताको धारणा,सुझाव,संगठनकाे अवस्था, भष्टाचारविरूद्धका कुरा उठाउने लगायतका बारेमा छलफल तथा अन्तरक्रिया गरिने जनाइएको छ।
यसैबीच दैलाे अभियानका लागि जिल्लाका सबै स्थानीय तहहरूमा संयाेजक र उपसंयाेजक ताेकिएका छन्।
दशरथचन्द नगरपालिकामा पूर्व सभापति नरेन्द्रसिंह थापालाई संयोजक र पूर्व सचिव पुरनचन्द्र लेखकलाई उपसंयोजक तोकेको छ । पाटनमा विष्णुदत्त जोशी संयोजक र कोषाध्यक्ष चक्रबहादुर चन्दलाई उपसंयोजक तोकेको छ भने मेलौली नगरपालिकामा जिल्ला सचिव प्रेमबहादुर चन्दलाई संयोजक र देवदत्त भट्टलाई उपसंयोजक तोकेको छ ।
यस्तै पुर्चौंडी नगरपालिकामा अमर धानुकलाई संयोजक र हिमालय बमलाई उपसंयोजक तोकेको सचिव चन्दले जानकारी दिनुभयाे ।
डिलाशैनी गाउँपालिकामा कर्ण राना संयोजक र विश्राम धामी उपसंयोजक, दोगडाकेदार गाउँपालिकामा जिल्ला सचिव देवराज जोशी संयोजक र क्षेत्रीय सभापति शिवराज भट्ट उपसंयोजक, सुर्नया गाउँपालिकामा उपसभापति बिरबहादुर बिष्ट संयोजक र सहसचिव दिपेन्द्रबहादुर चन्द उपसंयोजक र सिगास गाउँपालिकामा उपसभापति खगेन्द्रसिंह धामी संयोजक र टेक विश्वकर्मालाई उपसंयोजक तोकिएको छ ।
यस्तै पञ्चेश्वर गाउँपालिकामा दिनेशबहादुर चन्द संयोजक र रमेशसिंह भण्डारी उपसंयोजक र शिवनाथ गाउँपालिकामा सहसचिव दशरथ चाँड संयोजक र राजेन्द्रप्रसाद कलौनीलाई उपसंयोजक तोकिएको सचिव चन्दले जानकारी दिनुभयाे ।
अभियान अन्तर्गत एक वडामा कम्ती दुई दिन सम्म अन्तरक्रिया, छलफल र घरदैलो गर्ने योजना रहेको नेपाली कांग्रेस बैतडीले जनाएको छ ।
अभियानले नेपाली कांग्रेसको संगठनलाई बलियो बनाउने, कांग्रेसका नेता, कार्यकर्ताहरुलाई सक्रिय बनाउने र पार्टीलाई चलायमान बनाउन सहयाेग पुग्ने विश्वास गरिएको छ।

