मेरै भष्मको चन्दन बनाउन प्रभू

पृय नाथ
मेरो सिर्जना,
मेरो शुन्यता,
मेरो जिवन
मेरो अन्त्य तिमी हौ।

मेरो नाथ
तिमी मेरो
नदेखिने,
खोज्न कठिन,
कल्पना गर्न जटिल,
अनुभुति गर्न सम्भव
सधै साथमा भइरहेने प्रेमी हौ।

आमाको गर्भबाट शुरु भएको मेरो देह,
तिम्रो जटाबाट प्रवाहीत हुने गँगालाई थाहा छ,
तिमीबाटै बहने प्राणवायुले टिकेको हो।

पृय नाथ
तिमी सम्पूर्ण छौ,
अनादी छौ,
अनन्त छौ,
मलाई गर्ने कृपाको
मसँग कुनै शब्द छैन,
मसँग कुनै बर्णन छैन।

पृय नाथ
म खालि मेरो मात्र खोजीरहे,
प्रेमको खोजमा भौतारिइरहे
तिमी मसँगै छौ भन्ने नजानी
मन्दिर, पर्वत, गुफा, रोमहरु डुलिरहे।

हे नाथ
तिम्रो फुलबारी भित्रको म
तिम्रो ईच्छाले जन्मीएको म
तिम्रो चरणमा हुर्किएको म
मुर्ख भएर
जनम जनम पछि पाएको पनि बिर्सिए।

हे नाथ
तिमी सत्य हौ,
तिमी आनन्द हौ,
तिमी नै प्रेम हौ,
यो देह चरणमा हुर्काउ,
मेरै देहको भष्म तिम्रो चन्दन बनाउन,
स्वछता देउ,
शान्ति देउ,
प्रेम देउ,
आनन्द देउ
शरण देउ
मेरो प्रभु,
तिमी, म र तिम्रा हरुलाई महाशिवरात्रिको शुभकामना छ।
✍️:- जगदीशप्रसाद जाेशी

Leave A Reply

Your email address will not be published.

error: Content is protected !!