बैतडी: बैतडीमा भाेलिदेखि सुरू हुने मैनेजर तेजबहादुर चन्द स्मृति अन्तरपालिका जिल्लास्तरीय भलिबल प्रतियोगिताकाे खेलतालिका सार्वजनिक गरिएको छ।
गाेठलापानीस्थित जगन्नाथ बहुमुखी क्याम्पसकाे खेलमैदानमा हुने प्रतियोगितामा डिलाशैनी गाउँपालिकाबाहेक जिल्लाका सबै पालिकाकाे सहभागीता रहने आयाेजक आयाेजक
मेनेजर तेजबहादुर चन्द ट्रष्टका सचिव विनाेदबहादुर चन्दले जानकारी दिनुभयाे।
सहभागी टाेलीलाई ४ समूहमा विभाजन गरिएको छ।
समूह ए मा मेलाैली नगरपालिका र सिगास गाउँपालिका , समूह बी मा सुर्नया र दाेगडाकेदार गाउँपालिका, समूह सी मा पाटन नगरपालिका र शिवनाथ गाउँपालिका, समूह डी मा दशरथचन्द नगरपालिका, पञ्चेश्वर गाउँपालिका र पुर्चाैडी नगरपालिका रहेका छन्।
भाेलि बिहान हुने उद्घाटन खेलमा मेलाैली र सिगास भिड्नेछन्।
उद्घाटनपश्चात हुने अन्य खेलमा सुर्नया र दाेगडाकेदार,दशरथचन्द र पञ्चेश्वर,पाटन र शिवनाथ खेल्नेछन् ।
फागुन १६ गते हुने खेलहरूमा दशरथचन्द र पुर्चाैडी, पुर्चाैडी र पञ्चेश्वर आमनेसामने हुनेछन् ।
साेही दिन समूह ए काे विजेता र समूह सी काे उपविजेता,समूह बी काे विजेता समूह डी काे उपविजेता बीच नकआउट खेल हुने भलिबल प्रशिक्षक हरि सिंह भण्डारीले बताउनुभयो ।
फागुन १७ गते समूह सी काे विजेता र समूह ए काे उपविजेता,समूह डी काे विजेता र समूह बी उपविजेताबीच नकआउट खेल हुनेछ।
नटआउट खेलपश्चात सेमिफाइनलका खेलहरू हुनेछन् ।
फागुन १८ गते तेस्रो र सान्त्वना तथा फाइनल खेल हुने जनाएको छ।
प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउनेछ।
यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
यसअघि सम्पन्न प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

