बैतडी: बैतडीको मेलाैली बजारमा रहेकाे बिजु हाेटेलमा एकजनाकाे शंकास्पद मृत्यु भएकाे छ।
मृत्यु हुनेमा जिल्लाको मेलौली नगरपालिका–१ का ५५ वर्षिय तेज सिंह नायक रहेका छन्।
साेमबार राति हाेटेलमा बास बसेका नायक मंगलबार सुतिरहेकै अवस्थामा मृत फेला परेका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयाे।
सोमबार राति खाना खाएर सो होटेलमा सुते नायक मंगलबार बिहान ढिलासम्म नउठेपछि ढाेका फुटालेर हेर्दा मृत फेला परेका हुन्।
मृतक नायककाे शरिरमा कुनै घाउ चाेट नरहेकाे प्रहरी निरीक्षक बडूले बताउनुभयाे।उहाँले भन्नुभयाे,”मृतक नायककाे शरिरमा कुनै चाेट देखिएकाे छैन्,प्रहरी टाेली घटनास्थल पुगेकाे छ,टाेली फर्केपछि थप कुरा खुल्नेछ।”
थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय पाटनबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली घटनास्थलमा खटिएको छ ।
