बैतडी: बैतडीको दाेगडाकेदार गाउँपालिका-६ सित्तडलाई पूर्ण संस्थागत सुत्केरी घाेषणाा गरिएको छ। आज एक कार्यक्रम गरेर वडालाई पूर्ण संस्थागत सुत्केरी वडा घाेषणा गरिएको सित्तड स्वास्थ्यचाैकीका प्रमुख नैनसिंह गाेयलाले जानकारी दिनुभयाे । गत आवमा गर्भवती रहेका ५३ र यस वर्ष ३४ जना गर्भवती रहेकामा सबै स्वास्थ्यसंस्थामै सुत्केरी भएपछि घाेषणा गरिएको हाे ।
सित्तडसंगै दाेगडाकेदारका ५ वटा वडा पुर्ण संस्थागत सुत्केरी वडा घाेषणा भइसकेका दाेगडाकेदार गाउँपालिकाका स्वास्थ्यशाखा प्रमुख नरेन्द्र नाथले बताउनुभयाे।
वडा नं ३ श्रीकाेटलाई यही जेठ ८ गते र वडा नं १ रिम,वडा नं २ कमलपुरलाई निकट भविष्यमै पुर्ण संस्थागत सुत्केरी घाेषणा गरिने प्रमुख नाथले बताउनुभयो।
गाउँपालिकालाई अगामी वर्ष पुर्ण संस्थागत सुत्केरी घाेषणा गर्ने लक्ष्य रहेकाे जनाएको छ।
घाेषणा कार्यक्रममा बाेल्दै दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेकाे बताउनुभयाे।
दाेगडाकेदार गाउँपालिका ६ का वडाध्यक्ष तथा स्वास्थ्यचाैकी व्यवस्थापन समितिका अध्यक्ष गाेपाल कार्कीकाे अध्यक्षतामा सम्पन्न घाेषणा सभामा प्रमुख अतिथि दाेगडाकेदार गाउँपालिकाका अध्यक्ष चक्र कार्की रहनुभएकाे थियो ।
घाेषणा सभामा स्वास्थ्यकर्मी, महिला स्वास्थ्यस्वयंसेविका,राजनीतिक दलका प्रतिनिधि, स्थानीयबासिन्दालगायतकाे सहभागीता रहेकाे थियाे।
