बैतडी: दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत पुरूष क्रिकेटको सुदूरपश्चिम छनाैट माघ २९ गते मंगलबारदेखि हुने भएकाे छ।
कैलालीको धनगढीस्थित फाप्ला मैदानमा हुने प्रतियोगितामा प्रदेशका ९ वटै टाेलीकाे सहभागीता रहने सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जाेशीले जानकारी दिनुभयाे ।
सहभागी हुने टाेलीलाई दुई समूहमा विभाजन गरिएको छ।
समूह ए मा कैलाली, बाजुरा,अछाम,डाेटी र बैतडी रहेका छन्। समूह बी मा कञ्चनपुर,बझाङ,डडेल्धुरा र दार्चुलालाई राखिएको छ।
प्रतियोगिताकाे उद्घाटन खेलमा माघ २९ गते कैलाली र बाजुरा ,साेही दिन हुने अर्काे खेलमा कञ्चनपुर र बझाङ खेल्नेछन् ।
माघ ३० गते हुने खेलमा अछाम र डाेटी तथा डडेल्धुरा र दार्चुला आमनेसामने हुनेछन् ।
फागुन १ गते बिहान बैतडीले कैलाली र बाजुरामध्ये विजेतासंग, दिउँसो कञ्चनपुर र बझाङकाे विजेता तथा डडेल्धुरा र दार्चुलाकाे विजेता टाेली भिड्नेछन् ।
फागुन २ गते समूह ए काे विजेता र समूह बी काे विजेताबीच फाइनल भिडन्त हुनेछ ।
प्रदेशस्तरीय छनाैटबाट राष्ट्रिय प्रतियोगिताका लागि खेलाडी छानिनेछन्।
दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता चैत २३ देखि ३० गतेसम्म कर्णाली प्रदेशको सुर्खेतमा हुने तय भएको छ।
