बैतडी:धनगढीमा जारी कैलाली यू-१६ अन्तर विद्यालय क्रिकेट च्याम्पियनसिप २०८१ मा आज ३ खेल सम्पन्न भएका छन्। जसमा कैलाली माेडेल स्कुल,अरिष्ट्राे ईङलिस बार्डिङ स्कुल र स्टेपिङ स्टाेन विजयी भएका स्काेरर नुरेन अन्सारीले जानकारी दिनुभयाे।
पहिलाे खेलमा कैलाली माेडेल स्कुलले शैलेश्वरी ईङलिस स्कुललाई ७ विकेटले हरायाे। अर्काे खेलमा कैलाली विद्या निकेतनलाई अरिष्ट्राे ईङलिस बार्डिङ स्कुलले ४९ रनले हरायाे।
यस्तै तेस्रो खेलमा स्टेपिङ स्टाेनले पुलिस स्कुलमाथि ८ विकेटकाे जित दर्ता गर्याे।
कैलाली जिल्ला क्रिकेट संघको आयोजनामा वैशाख ३० गतेदेखि शुरू भएकाे प्रतियोगिता जेष्ठ १२ गतेसम्म सञ्चालन हुनेछ।
प्रतियोगिताले खेलाडी उत्पादनमा सहयाेग मिल्ने कैलाली जिल्ला क्रिकेट संघका अध्यक्ष विक्रम विष्टले बताउनुभयो।
