बैतडी: बैतडीमा जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता फागुन १५ गतेदेखि हुने भएको छ ।
मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको हो ।
ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार उक्त प्रतियोगिता फागुन १५-१८ सम्म सञ्चालन हुनेछ । प्रतियोगितामा जिल्लाका १० ओटै स्थानीय तहको सहभागिता रहने जनाएको छ ।
प्रतियोगिताको प्रतियोगिताको विजेताले १ लाख २५ हजार ,उपविजेताले ७५ हजार पुरस्कार पाउने ट्रष्टका सचिव चन्दले जानकारी दिनुभयो ।
यस्तै तृतीय पुरस्कार ३५ हजार,सान्त्वना पुरस्कार १५ हजार र उत्कृष्ट खेलाडीलाई ५ हजार पुरस्कार दिइनेछ ।
सहभागी हुन चाहने टाेलीले फागुन १० गतेभित्र दर्ता गराइसक्नुपर्नेछ।
यसअघि सम्पन्न प्रतियोगिताको उपाधि दशरथचन्द नगरपालिकालाई पराजित गर्दै मेलौली नगरपालिकाले जितेको थियो ।
प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।
जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरुको क्षमता अभिवृद्धिका लागि हरेक प्रत्येक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

