काठमाडौं: पाँचौं तथा अन्तिम टि२० आइमा भारत विरुद्ध पाहुना टोली इंल्याण्ड ९७ रनमै अलआउट भएको छ । मुम्बइको वानखेडे स्टेडियममा भारतले दिएको २४८ रनको विशाल लक्ष्य पछ्याउने क्रममा इंल्याण्ड १०.३ ओभरमा ९७ रनमै अलआउट भयो भने घरेलु मैदानमा भारतले १५० रनको विशाल जित निकालेको छ ।
इंल्याण्डका लागि फिल साल्टले ५५ रनको उत्कृष्ट पारी खेलेपनि अन्य ब्याटरहरुले उनलाई साथ दिन सकेनन । भारतका लागि मोहमद सामीले ३ तथा वरुण चक्रबती,शिवम दुबे र अभिषेक शर्माले समान दुई दुई विकेट लिए ।
यसअघि भारतले इंल्याण्ड विरुद्ध २४८ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । टस हारेर पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै २४७ रन बनाएको हो । भारतका लागि ओपनर अभिषेक शर्माले उत्कृष्ट शतक प्रहार गरेका छन । आक्रामक ब्याटिङ गरेका शर्माले ५४ बलमा १३ छक्का र ७ चौकाको मद्दतले १३५ रन बनाए ।
भारतका लागि ओपनर सञ्जु स्यामसङले १६ रनको पारी खेले भने तिलक बर्मा २४,कप्तान सूर्य कुमार यादव २ तथा शिवम दुबेले ३० रन बनाएर पवेलियन फर्किए । इंल्याण्डका लागि ब्राइडन कार्सले ३ तथा मार्क वुडले २ विकेट लिए । ५ टि२० आइ सिरिजमा भारतले ४-१ ले यो सिरिज जितेको छ ।
अभिषेक शर्माद्वारा एकै खेलमा तीन रेकर्ड कायम
भारतका ओपनर ब्याटर अभिषेक शर्माले एकै खेलमा तीन रेकर्ड राखेका छन्। अभिषेकले भारतीय क्रिकेटर युवराज सिंह र राेहित शर्माकाे रेकर्डलाई पन्छाएका हुन्।
भारतकाे वानखडे स्टेडियममा ईङ्ल्याण्डविरुद्धको पाँचौं तथा अन्तिम टि२० आइमा अभिषेकले १७ बलमा अर्धशतक तथा ३७ बलमा शतक पूरा गरे।
युवराजपछि १७ बलमा अर्धशतक र राेहितपछि ३७ बलमा शतक बनाउने रेकर्ड अभिषेकले आफ्नाे नाममा लेखाए।
यसका साथै एकै इनिङमा सर्वाधिक छक्का हिर्काउने राेहित शर्माकाे नाममा रहेको रेकर्ड पनि टुटेको छ।
राेहितले एकै इनिङमा सर्वाधिक १० छक्का हिर्काएको रेकर्ड थियाे।
अभिषेकले आज १३ छक्का प्रहार गर्दै उक्त रेकर्ड पनि ताेडेका छन्।
अभिषेक ५४ बलमा ७ चाैका र १३ छक्काकाे मद्दतमा १३५ रन बनाएर आउट भए।

