टाइगर कप भलिबलकाे उपाधि आयाेजकलाई,एपीएफ स्तब्ध

पाेखरा:डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बलको एपीएफ क्लबलाई पराजित गर्दै आयोजक टाइगर ग्रुप पोखराले पाँचौँ टाइगर कप भलिबलको महिलातर्फको उपाधि जितेको छ ।

आइतबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको फाइनलमा एपीएफ क्लबलाई ३-२ को सेटमा पराजित गर्दै टाइगर ग्रुप, पोखराले उपाधि जितेको हो । पहिलो सेट २५-१७ ले जितेको एपीएफले दोस्रो सेट २७-२९ ले टाइगर ग्रुपलाई सुम्पिएको थियो ।

तेस्रो सेटमा २५-२१ को जित निकालेको एपीएफले चौथो सेट भने १६-२५ ले गुमाउन पुग्यो । त्यसपछि पाँचौँ सेटसम्म खेल लम्बिएको थियो । पाँचौँ सेटमा एपीएफलाई १५-१३ ले हराउँदै आयोजक टाइगर ग्रुप पोखराले पहिलोपटक उपाधि जितेको हो ।

एपीएफ अघिल्लो संस्करणको विजेता हो । आयोजक टाइगर ग्रुपलाई नै हराएर फाइनलको यात्रा तय गरेको एपीएफ फाइनलमा भने चुक्न पुग्यो । 

junchadi
Leave A Reply

Your email address will not be published.

error: Content is protected !!